मंगलबार झिनो अंकले घट्याे नेप्से, ५ अर्ब रुपैयाँ बढीको कारोबार


काठमाडौँ। साताको कारोबारको तेस्रो दिन सेयरबजार झिनो अंकले घटेकाे छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से परिसूचक ३.४४ अंकले घटेर २६६६.६१ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ४ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ९ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

मंगलबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ५९ करोड १४ लाख ४२ हजार ५४८ रुपैयाँको कारोबार भएको छ ।

आज बोटलर्स नेपाल (बालाजू), विन नेपाल लघुवित्त वित्तीय संस्था र नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत र ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, आज बाराही हाइड्रोपावरका लगानीकर्ताहरुले सबैभन्दा बढि गुमाएका छन् । कम्पनीको सेयरमूल्य ६.७२ प्रतिशतले घटेको छ ।

कुल ३२१ कम्पनीको एक करोड ६ लाख ४३ हजार ४६९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३० करोड ९५ लाख ६८ हजार ९९७ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।