प्राधिकरणले भन्योः लोडसेडिङ भएको होइन, प्रतिकुल मौसमका कारण विद्युत् अवरुद्ध भएको हो


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले हावाहुरी तथा प्रतिकुल मौसमी कारणले केही स्थानहरूमा विद्युत् अवरुद्ध भएको जनाएको छ ।

प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै हावाहुरी तथा मौसमी कारणले हुने अवरोधलाई लोडसेडिङ भएको भनेर अतिरञ्जित र भ्रामक बनाएको जनाएको हो।

“देशका विभिन्न क्षेत्रमा आएको हावाहुरी तथा प्रि–मनसुनका कारण सिर्जना भएकी प्रतिकूल मौसमले छोटो समय विद्युत् सेवा अवरुद्ध हुन जाने सन्दर्भमा लोडसेडिङ भएको भनि अतिरञ्जित र भ्रामक भनाइहरू सामाजिक सञ्जालमा व्यक्त हुँदै आएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,” विज्ञप्तिमा भनिएको छ।

अवरूद्ध भएका ठाउँमा विद्युत सञ्चालन गर्न देशभरका वितरण केन्द्रबाट दिनरात काम भइरहेको र अधिकांश ठाउँमा आपूति भइसकेको पनि उल्लेख गरेको छ।