काठमाडौँ। साताको कारोबारको तेस्रो दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से परिसूचक २७.१४ अंकले बढेर २६८९.२२ अंकमा पुगेको छ ।
आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ११ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने २ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
मंगलबार बलेफि हाइड्रोपावरको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको २ अर्ब १ करोड २९ लाख ९३ हजार १४२ रुपैयाँको कारोबार भएको छ ।
आज कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेस्ट माइक्रो माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताहरुले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत, १० प्रतिशत, ९.९९ प्रतिशत र ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, बलेफि हाइड्रोपावरका लगानीकर्ताहरुले सबैभन्दा बढि गुमाएका छन् । कम्पनीको सेयरमूल्य ९.६९ प्रतिशतले घटेको छ ।
कुल ३२० कम्पनीको २ करोड १८ लाख ४१ हजार ४७ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५४ करोड ४३ लाख ५७ हजार ८८७ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्