काठमाडौँ। साताको कारोबारको अन्तिम दिन सेयरबजार दोहारो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहिबार नेप्से परिसूचक २६.४९ अंकले बढेर २७२२.७३ अंकमा पुगेको छ ।
आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये १२ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने एक ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
बिहिबार हिमालयन पावर पार्टनर लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको एक अर्ब ५८ करोड २५ लाख ११ हजार ७०५ रुपैयाँको कारोबार भएको छ ।
आज नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेस्ट माइक्रो माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताहरुले सबैभन्दा धेरै कमाएका छन् ।
कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत र ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
कुल ३११ कम्पनीको २ करोड ३७ लाख ७३ हजार ७३१ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ७९ करोड ७३ लाख ६३ हजार २८२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्