काठमाडौँ। एभरेष्ट बैंकको नाफा ३२.५५ प्रतिशतले बढेको छ । बैंकले आइतबार सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार चालू आर्थिक वर्षमा ३ अर्ब ४५ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ५ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी १९.७२ प्रतिशतले बढेर ६ अर्ब ७४ करोड ३९ लाख ५८ हजार रुपैयाँ पुगेको छ ।
१२ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १३ अर्ब ६१ करोड ८६ लाख रुपैयाँ राखेको छ । बैंकको खराब कर्जा ०.६४ प्रतिशत कायम भएको छ ।
बैंकको प्रतिसेयर आम्दानी ३५.६१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २३५.४७ रुपैयाँ रहेको वित्तीय विवरणले देखाएको छ।
प्रतिक्रिया दिनुहोस्