काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ग्लोबल आइएमई बैंकले ४ अर्ब ५३ करोड ४० लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको नाफा ३७.१२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ३० करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । रहेको थियो ।
बैंकले यो अवधिमा १२ अर्ब ३१ करोड ७१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ रहेको छ भने बैंकको जगेडा कोषमा २४ अर्ब ४५ करोड २८ लाख रुपैयाँ राखेको छ । गत वर्षकोे तुलनामा बैंकको खराब कर्जा बढेको छ । गत वर्षको तेस्रो त्रैमाससम्म ४.७४ प्रतिशत रहेको खराब कर्जा चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४.९८ प्रतिशत खराब कर्जा पुगेको छ ।
बैंकको प्रतिसेयर आम्दानी १५.८६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७३.४७ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्