काठमाडौँ। साताको कारोबारको पहिलो दिन सेयरबजार दोहारो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से परिसूचक १६.६८ अंकले घटेर २७०६ं.०४ अंकमा झरेको छ ।
आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये २ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने १२ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
आइतबार राधी विद्युत् कम्पनीकमे सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको ६८ करोड ७६ लाख ९७ हजार ३६८ रुपैयाँको कारोबार भएको छ ।
आज नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेस्ट माइक्रो माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताहरुले सबैभन्दा धेरै कमाएका छन् ।
कम्पनीको सेयरमूल्य क्रमश ९.९९ प्रतिशत र ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
यस्तै हिमालय पावर पार्टनरका लगानीकर्ताहरुले सबैभन्दा बढि गुमाएका छन् । कम्पनीको सेयरमूल्य ७.३३ प्रतिशतले घटेको छ ।
कुल ३२८ कम्पनीको २ करोड १३ लाख २३ हजार ९६७ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ४३ करोड ३५ लाख ८९ हजार ७८५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्