हकप्रद सेयर निष्कासन गर्दै अन्नपूर्ण केबलकार


काठमाडौं । अन्नपूर्ण केबलकार लिमिटेडले हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले आजदेखि चुक्त पुँजीको ४० प्रतिशत अर्थात १ः०।४ अनुपातमा रु।१०० अंकित दरका ४९ लाख ६० हजार कित्ता हकप्रद निष्कासन गरेको हो ।

सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनु पर्नेछ । सेयरधनीले कम्पनीको खाता भएका राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक र लक्ष्मी सनराइज बैंकमा हकप्रद सेयरबापतको रकम जम्मा गरी सोको भरपाई कम्पनीको रजिष्टर्ड कार्यालयमा बुझाउन वा इमेलमार्फत पठाउन सक्नेछन् ।

सेयरधनीहरुले निर्धारित समयभित्र आवेदन नदिएमा उक्त सेयरमागिथ कुनै दाबी वा उजुरी नलाग्ने कम्पनीले जनाएको छ ।