काठमाडौं । साताको कारोबारको तेस्रो दिन पनि सेयरबजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक ९.९६ अंकले घटेर २६८८.३२ अंकमा झरेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये १० ओटा उपसमुहको सेयरमूल्य घटेको छ भने बाँकी ३ उपसुमहको सेयरमूल्य बढेको छ ।
मंगलबार न्याग्दी पावर लिमिटेको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४४ करोड ६० लाख बढिको कारोबार भएको छ ।
आजको दिन नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कमपनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।
कुल ३१९ कम्पनीको २ करोड २५ लाख ५५ हजार ७ सय १३ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३२ करोड १२ लाख बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्