कक्षा १२ को परीक्षा वैशाख २१ देखि सुरु


काठमाडौं । कक्षा १२ को परिक्षा वैशाख २१ गतेदेखि हुने भएको छ । भोली वैशाख १२ गतेदेखि हुने भनिएको परीक्षा शिक्षक आन्दोलनको कारणले स्थगित गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोर्डका पदाधिकारीलाई बोलाएर परीक्षा सार्न निर्देशन दिएका थिए ।

यसअघि मंगलबार बिहान बसेको बोर्डको बैठकले शिक्षकहरूको आन्दोलनका कारण कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।