काठमाडौं । साताको कारोबारको चौथो दिन पनि सेयरबजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक ३२.४४ अंकले घटेर २६५५.८८ अंकमा झरेको छ ।
आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ११ उपसमुहको सेयरमूल्य घटेको छ भने बाँकी २ उपसमुहको सेयरमूल्य बढेको छ ।
बुधबार राधी विद्युत कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ५८ करोड ४२ लाख बढिको कारोबार भएको छ ।
आज नेपाल माइक्रो फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ ।
कुल ३०८ कम्पनीको १ करोड ८४ लाख ७७ हजार ७ सय ३ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ५७ करोड ५५ लाख १७ हजार बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्