काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सेयरबजार दोहोरो अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक १४.५३ अंकले घटेर २६४७.०७ अंकमा झरेको छ ।
नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये २ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ११ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
सोमबार न्याग्दी ग्रुप पावर लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ७० करोड ९४ लाख ७१ हजार २३७ रुपैयाँको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका लागनीकर्ताहरुले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशत र ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै आज सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ८.४५ प्रतिशतले घटेको छ ।
कुल ३२७ कम्पनीको २ करोड ३६ लाख ८९ हजार ७१ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९१ करोड २८ लाख ४३ हजार ९१९ रूपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्