काठमाडौं । कुमारी बैंक लिमिटेडले २ हजार बढि कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले मंगलबार एक सूचना जारी गर्दै विभिन्न संस्थापक सेयरधनिहरुको स्वामित्वमा रहेको २ हजार ३ सय ५ कित्ता सेयर क्रिीमा राखेको छ ।
उक्त सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा पुग्नेगरी आवेदन दिनुपर्नेछ । सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ ।
निर्धारित म्यादभित्र सेयर खरिदका लागि संस्थापन समुहबाट आवेदन नपरेमा सर्वसाधारणका लागि बिक्रीमा राखिने बैंकको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्