काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले सहकारी ठगी संलग्न गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गीतेन्द्रबाबु (जिबी) राईलाई कहिले पक्राउ गरेर नेपाल ल्याइन्छ ? भन्दै प्रश्न गरेका छन् ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद पराजुलीले सरकार सञ्चालनको दश महिना पुग्दासमेत राईलाई पक्राउ नगरिएको भन्दै आपत्ति जनाए।
उनले सरकारी ठगीमा संलग्न आफ्ना पार्टी कार्यकर्ता समेत मुछिने डरले सरकारले राईलाई पक्राउ नगरेको उनको आरोप छ । उनले सांसद पराजुलीले रास्वपाले सहकारी पीडितका मुद्दा उठाउँदै आएको र अघिल्लो वर्ष नै सरकारले पीडितको रकम फिर्ता गर्न सुझाव दिएको पनि स्मरण गराए ।
“तपाईँकै पार्टीले सरकार सञ्चालन गरेको दश महिना पूरा भइसक्यो । गितेन्द्रबाबु९जिबी० राईलाई कहिले पक्राउ गरेर नेपाल ल्याइन्छ ? जनताले प्रश्न सोध्ने गरेका छन् । बाहिर आएअनुसार १६ अर्बमध्ये ७ अर्ब मात्र जिबी राईले आफूले ल्याएको र तिर्छु भन्ने सुनियो । ९ अर्बको भागेदार को को हुन् भन्ने तथ्यको उजागर हुने हुँँदा जिबी राईलाई पक्राउ नगरिएको हो भनेर जनता त हल्ला गर्दैछन् नि,” उनले भने ।
सहकारी ठगीमा संलग्न पीडकलाई कानूनी कठघरामा उभ्याउँदै पीडितहरूको बचत रकम फिर्ता गर्न सांसद पराजुलीले चेतावनीसहित सरकारको ध्यानाकर्षण गराए ।
प्रतिक्रिया दिनुहोस्