मुक्तिनाथ कृषि कम्पनीले ५५ प्रतिशत हकप्रद सेयर जारी गर्दै


काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले हकप्रद सेयरको प्रस्ताव सहित साधारण सभा बोलाएको छ ।

कम्पनीको भदौ ३१ गते बसेको संचालक समितिको बैठकले चौथो बार्षिक साधारण सभा २८ गते दियालो फुडल्याण्ड एण्ड पार्टी प्यालेस बसुन्धरामा दिउसो १ बजे सुरु हुने निर्णय गरेको छ ।

बुधबार कम्पनीले प्रकाशित गरेको सूचना अनुसार सभाले हाल कायम चुक्ता पूँजी ३६ करोडको ५५.५५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले कम्पनीको हाल कायम चुक्तापूँजीलाई बृद्धि गरी ७० करोड पुर्याउने प्रस्ताव समेत पारित गर्ने छ ।

साथै सभाबाट गत आर्थिक बर्षको बार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब माथि छलफल गरि पारित हुनुका साथै चालु आर्थिक बर्षका लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक समेत तोकिने छ ।

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ निष्कासन गर्न गत बर्ष फागुन २० गते नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरिसकेको छ ।