नेप्से परिसूचक ११ अंकले बढ्दा कारोबार रकम भने ७२ करोडमा खुम्चियो


काठमाडौं । केही दिन देखि निरन्तर घटिरहेको सेयर बजार आज भने हरियाली छाएर बन्द भएको छ । बुधबार नेप्से परिसूचक ११ अंकले बढेपनि कारोबार रकममा भने ७२ करोडमै खुम्चिएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ११.२२ अंकले बढेर १८४८.८२ अंकमा पुगेको छ । सेन्सेटिभ परिसूचक पनि २.०१ अंकले बढेर ३६०.८८ अंकमा पुगेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज म्युचुअल फण्डबाहेक बाँकी सबै उपसमूहको सेयर बढेको छ । सबैभन्दा धेरै फाइनान्स समूह बढेको छ ।

बुधबार कारोबार रकमका आधारमा नबिल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । बैंकको ३ करोड ३८ लाख १५ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

त्यस्तै आजको दिन सामलिङ्ग पावर कम्पनी लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आजको दिन विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । सेयरमूल्य ३.६३ प्रतिशतले घटेको छ ।

कूल २२६ वटा कम्पनीको २५ लाख ३१ हजार ३ सय ७० कित्ता सेयर खरिदबिक्री हुँदा ७२ करोड १२ लाख ५९ हजार ८ सय ८४ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । संस्थाको सेयरमूल्य ३.६३ प्रतिशतले घटेर ८ सय ८५ रूपैयाँमा झरेको छ ।