लक्ष्मी क्यापिटल र उर्जा डेभलपर्सबीच लगानीका लागि सम्झौता गर्न सहमत


काठमाडौं। लक्ष्मी क्यापिटल र उर्जा डेभलपर्सबीच इक्विटी लगानी सम्बन्धी सम्झौता भएको छ।

निजी इक्विटी र भेन्चर क्यापिटलको लागि इजाजत प्राप्त संस्था लक्ष्मी क्यापिटल मार्केट र नेपालको विभिन्न स्थानमा जलविद्युत आयोजना निर्माण गर्नुका साथै नवीकरणीय उर्जा सम्बन्धी विभिन्न सेवाहरु उपलब्ध गराउँदै आएको संस्था उर्जा डेभलपर्सबीच सम्झौता भएको हो।

समझदारी पत्रमा लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटा र उर्जा डेभलपर्सका प्रबन्ध निर्देशक भानु पोखरेलले हस्ताक्षर गरेका छन्।

सापकोटाले मर्चेन्ट बैकिङ तथा परामर्श सेवामा बिगतको सफल अनुभव रहेकोले नवीकरणीय र स्वच्छ ऊर्जा मार्फत देश विकासमा योगदान पुर्‍याइरहेको उर्जा डेभलपर्ससँग सहकार्य कोसेढुङ्गो हुने बताए।