समृद्धि फाइनान्सको ११.३५ लाख भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा


काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले केही संस्थापक सेयर धनीको स्वामित्वमा रहेको ११ लाख बढि कित्ता सेयर बिक्रीमा राखेको छ ।

कम्पनीले आज एक सूचना प्रकाशित गर्दै विभिन्न सेयरधनीको नाममा रहेको ११ लाख ३५ हजार १६१ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको जनाएको छ ।

उक्त सेयर विद्यमान सेयरधनीहरुले मात्रै खरिद गर्न पाउनेछन् । यसको लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र विद्यमान सेयर धनिले आवेदन दिनुपर्नेछ ।

निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीका लागि उक्त सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।