काठमाडौँ। मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक १४.८७ अंकले घटेर २६३४.२३ अंकमा झरेको हो ।
आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ३ ओटा उपसमुहको सेयर बढेको छ भने बाँकी १० ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
आजको दिन नेप्सेमा युनिभर्सल पावर कम्पनी सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ६७ करोड २० लाख ८५ हजार रुपैयाँ बढीको कारोबार भएको छ ।
आज क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। यी कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
आज नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य ७.२२ प्रतिशतले घटेको छ ।
कुल ३१४ कम्पनीको २ करोड १८ लाख २८ हजार २३१ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ६३ करोड ४८ लाख १२ हजार रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्