अनुत्पादनशील कर्जालाई नियन्त्रण गरेर उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्न महालेखाको सुझाव


काठमाडौँ । महालेखा परिक्षकले अनुत्पादनशील कर्जालाई नियन्त्रण गर्ने तथा उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने उल्लेख गरेको छ ।

महालेखा परिक्षकको बैसठ्ठऔं प्रतिवेदनमा अनुत्पादनशील कर्जालाई नियन्त्रण गर्ने तथा उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्दै अर्थतन्त्रलाई उत्पादनमुखि बनाउन मन्त्रालयले आवश्यक भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरिएको छ ।

यस्तै, बैंक तथा वित्तीय संस्थाहरुको सेवा विस्तार गर्ने, वित्तीय संस्थाहरुलाई आधुनिक सूचना प्रणालीयुक्त बनाउने, कर्मचारीमा पेसागत विशेषज्ञता हासिल गराई केन्द्रीय बैंकको सुपरिवेक्षण र अनुगमनलाई सुदृढ गर्नुपर्ने उल्लेख गरिएको छ ।