बिहीबार ८ अंकले घट्यो नेप्से, ७ अर्ब रुपैयाँ बढीको कारोबार


काठमाडौँ। साताको कारोबारको अन्तिम दिन सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार सेयर मापक सूचक नेप्से परिसूचक ८.४१ अंकले घटेर २६११.८५ अंकमा झरेको हो ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ३ ओटा उपसमुहको सेयर बढेको छ भने बाँकी १० ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

आजको दिन नेप्सेमा सोल्टी होटल सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४६ करोड १९ लाख १५ हजार ५१० रुपैयाँ बढीको कारोबार भएको छ ।

आज ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। कम्पनीको सेयरमूल्य क्रमश ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

आज कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य ८.६५ प्रतिशतले घटेको छ ।

कुल ३२० कम्पनीको एक करोड ७४ लाख २३ हजार ९४३ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८ करोड ३३ लाख ४८ हजार २४० रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।