भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा


काठमाडाैँ । भरतपुर वडा नम्बर २४ लाई बालमैत्री वडा घोषण गरिएको छ । शुक्रबार एक कार्यक्रमबिच भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले बालमैत्री वडा घोषणा गरेका हुन् ।

भरतपुर– २४ बालमैत्री वडा घोषण भएसँगै भरतपुरका ६ वटा वडा बैलमैत्री घोषणा भएका छन् । यसअघि भरतपुर १४, १३, २३,२१ र ६ घोषणा भइसकेको छ । भरतपुरलाई आथिर्क वर्ष ०८३/८४ मा पूर्ण बालमैत्री घोषणा गर्ने लक्ष्य लिएको छ । ५ वटा वडा घोषणाको तयारीमा रहेको छ ।

बालमैत्री वडा तथा नगर घोषणा गर्न ५१ वटा सूचक तय गरिएको छ । त्यसमध्ये बालमैत्री घोषणा कार्यविधिअनुसार केही सूचक शतप्रतिशत र केही ८० प्रतिशत पूरा भए घोषणा गर्न मिल्ने व्यवस्था छ । यसका चारवटा खम्बा रहेका छन् । सहभागिता, विकास, संरक्षण, बाँच्न पाउने अधिकार रहेका छन् । यी सूचकहरू पूरा भएकाले वडा नम्बर २४ लाई बालमैत्री वडा घोषाणा गरिएको सामाजिक तथा स्वास्थ्य महाशाखा प्रमुख शान्ताकुमारी पौडेलले जानकारी दिइन् ।

०७६ सालमा भरतपुर– १४ लाई बालमैत्री वडा घोषणा गरिएको थियो । भरतपुरलाई बालमैत्री नगर बनाउन ०६८ सालदेखि नै अभियान थालिएको हो । उपप्रमुख चित्रसेन अधिकारीले बालमैत्री वडा कायम राख्न सबै पक्षले विशेष चासो र चिन्ता लिनुपर्ने बताउनुभयो । अहिले वडा बालमैत्री घोषणा भएको यो अभियानको सुरुवात भएको उल्लेख गरे ।

अधिकारीले महानगरपालिका पूर्वाधार विकाससँगै सामाजिक र मानव अधिकारका विषयमा त्यत्तिकै ध्यान दिएको जानकारी दिए । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले बालमैत्री वातावरण निर्माण गर्न बालबालिकाका लागि उपयुक्त संरचना निर्माण गर्नु पर्ने औँल्याए । बालबालिका सहज रुपमा हिड्न, खेल्न, शौचालय जान, भ¥याङ चढ्ने मिल्ने निर्माण गर्नुपर्नेमा जोड दिए ।