झिनो अंकले घट्यो नेप्से, ८ अर्ब रुपैयाँ बढीको कारोबार


काठमाडौँ। साताको कारोबारको पहिलो दिन सेयर बजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक २.७९ अंकले घटेर २६०९.०५ अंकमा झरेको हो ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ३ ओटा उपसमुहको सेयर बढेको छ भने बाँकी १० ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

आजको दिन नेप्सेमा नेपाल रि इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ७० करोड ३७ लाख ५० हजार ७३१ रुपैयाँको कारोबार भएको छ ।

आज ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड र च्यानगढी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत र ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

आज कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य ८.७१ प्रतिशतले घटेको छ ।

कुल ३०९ कम्पनीको एक करोड ६९ लाख ७ हजार ७३७ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५० करोड ९२ लाख २१ हजार ३१२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।