काठमाडौं । ट्रेड टावर लिमिटेडले साधारण सेयर आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणको लागि यहि जेठ १४ गतेदेखि ३२ लाख बढी कित्ता सेयर आइपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले गत चैत २५ गते प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३९ करोड ७१ लाख ६९ हजार ३ सय रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर निष्काशनको लागि अनुमति प्राप्त गरेको थियो ।
ाचजसमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ३ लाख ९७ हजार १६९.३० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुको लागि गत वैशाख ८ गतेदेखि २२गतेसम्म निष्कासन गरिएको थियो ।
यस्तै कम्पनीले ५ प्रतिशत अर्थात १ लाख ९८ हजार ५८४.६४ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात ७९ हजार ४३३।८६ कित्ता कम्पनीका कर्मचारीहरुलाई बाँडफाँड गरी बाँकी रहेको सेयर आम सर्वसाधारणलाई जारी गर्न लागेको हो ।
यस आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरु तथा मेरो सेयरबाट पनि आवेदन दिन सक्नेछन् ।
यसका साथै लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्। यो आइपिओ निष्काशन बन्द छिटोमा जेठ १९ गते र ढिलोमा जेठ २८ गते हुनेछ।कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एलएस क्यापिटल लिमिटेड रहेको छ ।
आइपिओ निष्काशनको लागि रेटिङ्ग एजेन्सी इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउछ ।
प्रतिक्रिया दिनुहोस्