काठमाडाैँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरूले सामाजिक सुरक्षा भत्ता पाउन नसक्ने बताएका छन् ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सामाजिक सुरक्षा ऐन, २०७५ र सामाजिक सुरक्षा नियमावली, २०७६ ले बालबालिका बाहेक अनेकको हकमा नागरिकताको प्रमाणपत्रको प्रतिलिपीसहित समाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य व्यक्तिले सम्बन्धित वडा कार्यालयमा आफैँ उपस्थित भइ तोकिएको ढाँचामा निवेदन पेश गर्नुपर्ने व्यवस्था रहेको बताएका हुन् ।
उनले नागरिकता प्रमाणपत्र नभएका व्यक्तिहरुले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने कानूनी व्यवस्था रहेको बुझ्न आग्रह गरे। नागरिकता प्रमाणपत्र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले वितरण नगर्ने कुरा बुझ्न आग्रह गरे ।
मन्त्री सुडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्थाले नेपालमा कार्यक्रम सञ्चालन गर्न चाहे समाज कल्याण परिषद्ले तोकेको निर्धारित ढाँचामा परियोजन प्रश्ताव पेश गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्