मंगलबार नेप्सेमा हरियाली छायो


काठमाडौं । साताको कारोबारको तेस्रो दिन सेयरबजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक ४९.०९ अंकले बढेर २६७७.४७ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटै उपसमुहमा हरियाली छाएको छ ।

मंगलबार राधी विद्युत कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४१ करोड ८० लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा ५ ओटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, ओम मेगाश्री फर्मास्युटिकल्स, ग्रीन डेभलपमेन्ट बैंक र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा बढी कमाएका छन् ।

कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत, ९.९९ प्रतिशत, ९.९७ प्रतिशत र ९.९७ प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आज विन नेपाल लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ३.०९ प्रतिशतले घटेको छ ।

कुल ३१० कम्पनीको १ करोड ६८ लाख ८८ हजार ४५९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३१ करोड २७ लाख ९० हजार रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।