काठमाडाैँ । उद्योगी, व्यवसायीहरुसँग लिनुपर्ने डेडिकेटेड र ट्रंक लाइनको वक्यौता उठाउने काम छिटै सुरू हुने बताएका छन् ।
पूर्वाधार विकास समितिको बुधवारको बैठकमा बस्दै मन्त्री खड्काले मन्त्रीपरिषद्ले लाल अयाोगलाई आधार मानेर टिओडी मिटरको आधारमा तत्काल पैसा उठाउने निर्देशन दिएको र त्यही निर्देशन बमोजिम मन्त्रालयले प्राधिकरणलाई सहयोग पुर्याउने गरी कमिटी गठन गरेपछि त्यसका बिरुद्ध मुद्दा परेर बिचमै रोकिएको बताएका हुन् ।
उनले अहिले केही आवश्यक कुराहरू संशोधन गरेर तत्काल वक्यौता उठाउने भनेर प्राधिकरणले काम गरिरहेको जानकारी दिए ।केही दिनभित्रै वक्यौता उठाउने काम शुरु हुने जानकारी दिए ।
“हामीले पहिला पनि एउटा कमिटी गठन गरेका थियौँ । क्याबिनेटले पनि लाल अयाोगलाई आधार मानेर टिओडी मिटरको आधारमा तत्काल पैसा उठाउने निर्देशन दिएको थियो । त्यही निर्देशन बमोजिम हामीले प्राधिकरणलाई सहयोग पुर्याउने गरी मन्त्रालयले कमिटी गठन गरेको थियो । त्यसका बिरुद्ध मुद्दा पर्यो । त्यो बिचमा केही पनि भएन । अहिले केही आवश्यक कुराहरु संशोधन गरेर तत्काल वक्यौता उठाउने भनेर प्राधिकरणले काम गरिरहेको छ,” उनले भने ।
प्रतिक्रिया दिनुहोस्