राष्ट्रिय सभामा पानी जहाज सञ्चालन सम्बन्धी समितिको प्रतिवेदन पेश


काठमाडाैँ । राष्ट्रिय सभामा पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेश भएको छ ।

राष्ट्रिय सभाको आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले प्रतिवेदन पेश गरेकी छन् ।

यसैगरि आजकै बैठकमा राष्ट्रिय सभा सचिव डा. सुरेन्द्र अर्यालले सहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभामा टेबुल गरेका छन् ।

राष्ट्रिय सभामा उत्पत्ति भएको विधेयक माथिल्लो सभाबाट २०८० माघ २९ गते पारित भएको थियो भने प्रतिनिधिसभाबाट जेठ ४ गते पारित भएको हो ।