सान्भि इनर्जीको आइपिओमा आजदेखि आवेदन खुल्यो


काठमाडौं । सान्भि इनर्जी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) मा आवेदन खुला गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि कुल २४ लाख १८ हजार ३ सय कित्ता आईपीओ जारी गरेको हो ।

कम्पनीले जारी पूँजी ८८ करोड रुपैयाँको ४३.०७ प्रतिशत अर्थात ३७ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्न गत चैत ११ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

जसमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ८ लाख ८० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि र सर्वसाधारणहरुको लागि सार्वजानिक निष्काशन गर्न छुट्टयाइएको जारी पूँजीको ३३.०७ प्रतिशत अर्थात २९ लाख १० हजार कित्तामध्ये नेपाल सरकारको सम्वन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि १० प्रतिशत अर्थात २ लाख ९१ हजार कित्ता गत वैशाख ५ गतेदेखि १९ गतेसम्म निष्कासन गरिएको थियो ।

कम्पनीले ५ प्रतिशत अर्थात १ लाख ४५ हजार ५ सय कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात ५८ हजार २ सय कित्ता कम्पनीका कर्मचारीहरुलाई बाँडफाँड गरी बाँकी रहेको सेयर आम सर्वसाधारणको लागि बिक्री खुला गरेको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् भने आइपिओमा लगानीकर्ताले छिटोमा जेठ १३ गते र ढिलोमा जेठ २३ गतेसमम आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरु र मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन् ।
कम्पनीले उक्त आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।