काठमाडाैँ । आर्थिक वर्ष २०८२/ ८३ को बजेटसँग सम्बन्धित अर्थ मन्त्रालयका प्रकाशनहरूको तयारी अन्तिम चरणमा पुगेको छ ।
आर्थिक सर्वेक्षण, संस्थानहरुको प्रगति, मन्त्रालयगत प्रगति विवरणको तयारी अन्तिम चरणमा पुगेको हो । त्यसैगरी प्राविधिक सहायता परिचालन सम्बन्धी विवरणको तयारी पनि अन्तिम चरणमा पुगको अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
बजेट वक्तव्यसहित व्यय अनुमान, आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयक लगायतको पनि तयारी जारी छ ।
यसअघि अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/ ८३ को बजेट सिद्धान्त तथा प्राथमिकता संसदमा पेश गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्