दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ स्थित बखरीयामा यात्रुबाहक बस दुर्घटना हुँदा दुईजनाकाे मृत्यु भएकाे छ भने ३५ जना बढी घाइते भएका छन् ।
दङ्गीशरण गाउँपालिकाकाे गोल्टाकुरीबाट तुलसीपुरतर्फ आउँदै गरेको ना ४ ख ४००९ नम्बरको यात्रुबाहक बस र तुलसीपुरबाट बखरिया गई विद्यार्थी छोडी फर्किरहेको ज्ञानज्योति बोर्डिङ स्कुलको रा१क ८७० नम्बरको बस एकआपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परी दंगीशरण गाउँपालिका–२ का ६५ वर्षिय नारायण भण्डारी र दगीशरण २ बस्ने अन्दाजी ४२ वर्षिय शान्ता खड्का चौधरीकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । कार्यालयका अनुसार दङ्गीशरण गाउँपालिका वडा नम्बर २ का करिब ३५ यात्रु दुर्घटनामा घाइते भएका छन् ।
दुर्घटनापछि तत्कालै प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरिएको थियो । प्रहरीका अनुसार अन्य घाइतेहरूको विवरण संकलन कार्य अझै जारी छ। घाइतेहरूको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल र अन्य निजी अस्पतालहरूमा उपचार भइरहेको छ ।
एउटै वडाका परिवार र छिमेकीहरू दुर्घटनामा
घटनामा अधिकांश घाइतेहरू दंगीशरण गाउँपालिका–२ का हुन् । एउटै वडाका यति धेरै व्यक्ति एकैपटक दुर्घटनामा पर्दा सिङ्गै गाउँ स्तब्ध बनेको छ। स्थानीयहरूका अनुसार उक्त बसमा घरायसी काम, बजार तथा अस्पताल जानका लागि गाउँबाट एकैपटक हिँडेका थिए ।
बस अनियन्त्रित भई पल्टिएको प्रारम्भिक अनुमान गरिए पनि दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। चालकको लापरबाही, बसको प्रविधिक अवस्था र सडक अवस्थाका विषयमा समेत अध्ययन भइरहेको बताइएको छ ।
घाइतेहरुको विवरण
मनिषा बस्नेत (वर्ष २५)
गोमा सार्की (वर्ष ५२)
मोतिसरा सुनार (वर्ष ६०)
सीता पुन (वर्ष ३४)
सीमा पुन (वर्ष ३२)
कमला नेपाली (वर्ष २७)
कमलाका छोरा शंकर नेपाली (वर्ष ८)
सुशान्त नेपाली (वर्ष ९)
नोखीराम बिक (वर्ष ४१)
कुशल बिक (वर्ष ४८)
ललिता सुनार (वर्ष ३२)
कमला नेपाली (वर्ष ४८)
अमृत कुशारी (वर्ष ४६)
पार्वती नेपाली (वर्ष ४५)
राजेश विक (वर्ष १२)
प्रज्ज्वल परियार (वर्ष १०)
भिमा वली (वर्ष ४४)
लक्ष्मी नेपाली (वर्ष ४३)
मन्दिका नेपाली (वर्ष १०)
यशोदा बस्नेत (वर्ष १५)
चुडामणी बिक (वर्ष ५४)
रोशन बिक (वर्ष ३३)
बालिका वली (वर्ष ४१)
घनश्याम बस्नेत (वर्ष २४)
सूर्य नेपाली (वर्ष ४१)
ठाकुरप्रसाद गिरी (वर्ष ४८)
सीता कुसारी (वर्ष २३)
सीता कुशारी (वर्ष २२)
प्रिन्स कुशारी (वर्ष ४०)
लक्ष्मी नेपाली (वर्ष ४३)
अनन्त किरण शर्मा (वर्ष २३)
टीका घर्ती (वर्ष १९)
परिचय नखुलेकी ३१ वर्षिया महिला
प्रतिक्रिया दिनुहोस्