काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सेयरबजार बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक २३.१९ अंकले बढेर २६५३.०९ अंकमा पुगेको छ ।
आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ३ ओटा उपसमुहको सेयरमूल्य घटेको छ भने बाँकी १० ओटा उपसमुहको सेयरमूल्य बढेको छ ।
सोमबार राधी विद्युत् कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ६२ करोड २८ लाख रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज नेप्सेमा मकर जितुमाया सुरी हाइड्रोपावर, पियोर इनर्जी, डोल्टी पावर कम्पनी र विन्दवासिनी हाइड्रो डेभलपमेन्ट कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा बढी कमाएका छन् । यी सबै कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
यस्तै भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयर मूल्य ७.४७ प्रतिशतले घटेको छ ।
कुल ३२४ कम्पनीको एक करोड ७५ लाख १ हजार ८०२ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६८ करोड ९३ लाख रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्