काठमाडौं । पाकिस्तानको हविव बैंक हिमालय बैंकसँगको ३१ वर्ष लामो साझेदारी टुंग्याउँदै बाहिरिने भएको छ ।
विदेशमा रहेको आफ्नो लगानी फिर्ता गर्ने रणनीति अनुसार हविविले धमाधम आफ्नो सेयर बिक्री गरिरहेको स्रोतले जनाएको छ ।
हविवले हिमालय बैंक लिमिटेडमा रहेको १२.९३ प्रतिशत अर्थात् २ लाख ८० हजार ४ सय ४७.४५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । हविव बैंकले सेयरको प्रतिकित्ता ११२.८० रुपैयाँ मूल्य तोकेर एकमुष्ट बिक्रीमा राखेको हो ।
सेयर खरिदका लागि बैंकको विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।
संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनु पर्नेछ । यस्तो आवेदन काठमाण्डौको कमलादीमा रहेको बैंकको कानून विभागमा पेश गर्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्