काठमाडौं । साताको कारोबारको दोस्रो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक २.८० अंकले बढेर २६५८.६६ अंकमा पुगेको छ ।
आजको दिन नेप्सेमा ५ ओटा उपसमुहको सेयर घटेको छ भने बाँकी ८ ओटा उपसमुहको सेयरमूल्य बढेको छ ।
सोमबार सानिमा माई हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ९५ करोड १६ लाख बढिको कारोबार भएको छ ।
नेप्सेमा आज पियोर इनर्जीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।
कुल ३१८ कम्पनीको ३ करोड ३६ लाख ३७ हजार ९ सय ६६ कित्ता सेयर किनबेच हुँदा १३ अर्ब १८ करोड ६९ लाख बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्