काठमाडौं । नेपाली बजारुमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघकाअनुसार मंगलबार सुनको मूल्यमा २५ सय रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँ कायम थियो । उक्त दिन सुनको मूल्य स्थिर रहेको थियो ।
यस्तै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदी आज ५ रुपैयाँले घटेर प्रतितोला २ हजार १६० रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्