काठमाडौं । साताको कारोबारको चौथो दिन सेयरबजारमा झिनो गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से परिसूचक १.२८ अंकले घटेर २६५३.४७ अंकमा पुगेको छ ।
आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ६ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ७ ओटा उपसमुहको से्यरमूल्य घटेको छ ।
बुधबार सानिमा माई हाइड्रोपावरको लगानीकर्ताले सबैंभन्दा धेरै कारोबार भएको छ । कम्पनकिो ७१ करोड ७८ लाख बढिको कारोबार भएको नेप्सेको तथ्यांकमा उल्लेख छ ।
आज पनि पियोर इनर्जीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।
कुल ३१४ कम्पनीको २ करोड ३४ लाख ४६ हजार ९ सय ४९ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ८ करोड ५८ लाख बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्