शाओमीको तिहार अफर “१२ दिन १२ टिभी”


काठमाडौं । शाओमीले तिहार २०७९ को अवसरमा आफ्ना ग्राहकहरूका लागि विभिन्न अफरहरू ल्याएको छ । अफर अन्तर्गत ग्राहकहरूले कुनै पनि शाओमी, रेड्मी, वा पोको फोनको खरिदमा एमआई टिभी ४ प्रो ३२ जित्ने मौका पाउने उल्लेख गरेको छ ।

अफरको बारेमा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले भने,“नेपालमा शाओमी सार्वजनिक भएदेखि नै हामीले हाम्रा फ्यानहरूबाट अप्रत्याशित माया र समर्थन पाएका छौं । तिहारको यो शुभ अवसरमा हाम्रा ग्राहकहरूका लागि लागि ‘१२ दिन १२ टिभी’ अफर सुरु गर्न पाउँदा हामी अत्यन्त खुशी छौं । यस चाडपर्वको अवसर पारी ग्राहक वर्गमा उत्साह थप्न मी का फोन किन्न इच्छुकहरुका लागि मी को टिभी जित्ने अफर ल्याएका छौं ।”

अफर अन्तर्गत कुनै पनि शाओमी, रेड्मी, वा पोको फोनको खरिदमा ग्राहकहरूले ‘एमआई टिभी ४ ए प्रो ३२ टिभी’ जित्ने मौका पाउनेछन् । लक्की ड्रमा सहभागी हुनका लागि ग्राहकहरूले दिइएको क्यू आर कोड स्क्यान वा ३१००७ मा आईएमईआई नम्बर पठाउनु पर्नेछ । प्रत्येक दिन एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत ‘एमआई टिभी ४ प्रो ३२’ टिभी जित्ने मौका पाउनेछन् । यो अफर कार्तिक २ देखि कार्तिक १३ गते सम्म मान्य हुनेछ ।