बुधबार नेप्से झिनो अंकले घट्यो


काठमाडौं । साताको कारोबारको चौथो दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक ०.२२ अंकले घटेर २६००.५३ अंकमा झरेको छ ।

नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ५ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ८ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

बुधबार बुटबल पावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २७ करोड ६५ लाख बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज ओम मेघाश्री फर्माक्युटिकलका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ८ प्रतिशतले बढेको छ ।
कुल ३१६ कम्पनीको १ करोड ३८ लाख १८ हजार ५५९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७६ करोड ७८ लाख ९५ हजार बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।