असार १८ गतेदेखि विकाश हाइड्रोपावरको आइपिओ खुला


काठमाडौँ । विकाश हाइड्रोपावर कम्पनी लिमिटेडले २०८२ असार १८ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। २९ लाख ४२ हजार ७६० कित्ता सेयर निष्कासन गर्न लागेको कम्पनीको आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

आवेदन दिने अन्तिम म्याद असार २२ गतेसम्म तोकिएको छ। यदि सो अवधिसम्म पूर्ण आवेदन नआएमा आवेदन दिने अवधि साउन १ गतेसम्म लम्बिन सक्नेछ।

आइपिओ निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले यसअघि गोरखा जिल्लाको आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई सेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ।

कम्पनीलाई नेपाल धितोपत्र बोर्डले ४४ करोड ५४ लाख ५९ हजार ६ सय रुपैयाँ बराबरको ४४ लाख ५४ हजार ५९६ कित्ता निष्काशन गर्न लागेको हो ।