काठमाडौं । साताको कारोबारको चौथो दिन पनि सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक ०.३३ अंकले घटेर २६००.२० अंकमा पुगेको छ ।
नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ६ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने भने ७ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
बुधबार नेप्सेमा बुटवल पावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ५३ करोड ९४ लाख ५७ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज नेप्सेमा मोदी इनर्जी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ ।
कुल ३११ कम्पनीको १ करोड ३७ लाख ५९ हजार ६ सय ४ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९४ करोड २८ लाख ५२ हजार बढिको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्