काठमाडौँ । माबिलुङ इनर्जी लिमिटेडले आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले यही असार २२ गतेदेखि आइपिओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल ५ लाख ३६ हजार २९५ कित्ता आईपीओ जारी गर्न लागेको हो । दोस्रो चरणमा सर्वसाधारणका लागि १५ लाख ४ हजार ७०६ कित्ता सेयर जारी गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित दरका १८ करोड ९० लाख ५३ हजार रुपैयाँबराबरको १८ लाख ९० हजार ५३० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । उक्त आइपिओ निष्काशनको लागि कम्पनीले असार १ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको थियो ।
जसमध्ये जारीपूँजीको १० प्रतिशत अर्थात १०० रुपैयाँ अंकित दरका ३ लाख ८५ हजार ८२४ कित्ता आयोजना प्रभावित क्षेत्र अर्था संखुवासभा जिल्लाको मादी नगरपालिका वडा न्। ७,८,९ र चैनपुर नगरपालिका २,३,७,८,९ मा स्थायी बसोवास गर्ने वासिन्दाका लागि र सर्वसाधारणका लागि छुट्टाइएको १५ लाख ४ हजार ७०६ कित्ता सेयरमध्येको १० प्रतिशत अर्थात रु। १०० अंकित दरका १ लाख ५० हजार ४७१ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि जारी गरिनेछ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले पनि न्यूनतम १० र अधिकतममा ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाले छिटोमा साउन ४ गते र ढिलोमा साउन १९ गते आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका लागि भने आईपीओ निष्कासन बन्द साउन ४ गतेसम्म मात्रै आवदेन दिन पाउनेछन् ।
आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले बिक्री प्रबन्धकले तोकेको बैंक तथा वित्तीय संस्था,ग्लोबल आइएमई बैंकको चैनपुर शाखा, हिमालयन बैंक मादी नगरपालिका,लक्ष्मी सनराइज बैंक र आयोजनाको पावरहाउस रहेको संखुवासभा जिल्ला मादी नगरपालिका–७ मार्फत आवेदन दिन सक्नेछन् ।
यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका र आयोजना प्रभावित क्षेत्रका बासिन्दका लागि सेयर जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ जारी गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्