काठमाडौंँ । नेपाल धितोपत्र बोर्डको सञ्चालक सदस्य रहेका उद्योग वाणिज्य महासंघका प्रतिनिधि गोकर्ण अवस्थीले राजीनामा दिएका छन् ।
अवस्थीले कार्यव्यस्तताको कारण देखाउँदै राजीनामा दिएको बोर्डका प्रवक्ता निरन्जय घिमिरेले बताए । महासंघका महानिर्देशक अवस्थी २०८१ सालको भदौमा बोर्डमा प्रतिनिधित्व गर्दै सञ्चालक बनेका थिए ।
सञ्चालक समितिबाट अवस्थी वाहिरिएसँगै महासंघले अर्को प्रतिनिधि पठाउने भएको छ । महासंघले सञ्चालक समितिमा प्रतिनिधि फेरिने जानकारी सहित पत्र पठाएको बोर्डले जनाएको छ ।
बोर्डका अनुसार सञ्चालक समितिमा महासंघ बाहिरिने नभई प्रतिनिधि मात्रै फेरबदल हुने भएको हो । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल धितोपत्र बोर्ड सञ्चालक समितिमा आफ्नो प्रतिनिधि फेर्ने भएको छ ।
महासंघले पत्र पठाएर सञ्चालक समितिमा प्रतिनिधि फेरिने जानकारी गराएको बोर्डले जनाएको छ ।
पछिल्लो केही वर्षयता बोर्ड सञ्चालक समितिका पदाधिकारीको विषय विवादित हुँदै आएको थियो । निजी क्षेत्र र आइक्यानका पदाधिकारी बोर्डमा रहँदा स्वार्थको द्धन्द्ध भएको टिप्पणी हुँदै आएको छ ।
बोर्डमा आइक्यानको प्रतिनिधित्व पनि विवादित बन्दै आएको थियो । सरकारले आर्थिक सुधार कार्यान्वयन कार्ययोजना २०८२ मा बोर्डको सञ्चालक समितिबाट एफएनसीसीआई र आइक्यानलाई हटाउने निर्णय गरेको छ ।
धितोपत्र बोर्डको सात सदस्यीय सञ्चालक समितिमा उद्योग महासंघ र चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) का प्रतिनिधि रहने व्यवस्था थियो। तर, हाल संसदमा दर्ता भएको ‘धितोपत्रसम्बन्धी ऐन, २०६३’ संशोधन विधेयकले पनि संस्थाको प्रतिनिधित्व हटाउने प्रस्ताव गरेको छ । महासंघले भने अवस्थीको ठाउँमा नयाँ प्रतिनिधि पठाउने भएको छ ।
प्रतिक्रिया दिनुहोस्