युनाइटेड इदी मर्दीको आरबीको बोनस सेयर नेप्सेमा सूचिकृत


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा युनाइटेड इदी मर्दी आरबी हाईड्रोपावरको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा मंगलबार (आज) कम्पनीको ४ प्रतिशत अर्थात १ लाख ७७ हजार २४० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र ०.२११ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ४.२११ प्रतिशत लाभांश दिएको थियो । सोही ४ प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।