काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयबासी र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्कासन गरिसकेको थियो।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त कुल ४४ लाख ५४ हजार ५९६ कित्ता आईपीओमध्ये ९ लाख ९ हजार १०१ कित्ता आयोजना प्रभावित र ३ लाख ५४ हजार ५५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरी असार ५ गते बाँडफाँड भइसकेको छ। त्यसपछि बाँकी रहेको ३१ लाख ९१ हजार ९४५ कित्ता आईपीओमध्ये १ लाख ७७ हजार २७५ कित्ता सामूहिक लगानी कोषलाई, ७० हजार ९१० कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ।
अब सर्वसाधारणका लागि बाँकी २९ लाख ४२ हजार ७६० कित्ता आईपीओ निष्कासन गरिएको हो। यसमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
यो आइपीओमा लगानीकर्ताले छिटोमा असार २२ गतेसम्म र ढिलोमा असार ३२ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले उक्त आईपीओमा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको छ। साथै, सबै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा तथा मेरो शेयरमार्फत् पनि आवेदन दिन सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्