बुधबार नेप्सेमा ३४ अंकको वृद्धि


काठमाडौं । साताको कारोबारको चौथो दिन सेयरबजार बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसु्चक ३४.६० अंकले बढेर २६९५.०० अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये सबै उपसमुहको सेयरमूल्य बढेको छ ।

बुधबार नेपाल इन्फ्रास्टक्चर बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । बैंकको ५५ करोड ५३ लाख बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज नेप्सेमा ग्रिन डेभलपमेन्ट बैंकका कर्मचारीले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९९ अंकले बढेको छ ।

कुल ३१७ कम्पनीको ३ करोड १ लाख ८२ हजार ३ सय ४१ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ७४ करोड माथिको कारोबार भएको नेप्सेले जनाएको छ ।