चितवन । विपद्को पूर्व तयारीका लागि भरतपुर महानगरपालिकाले विपद् व्यवस्थापन सामाग्री वितरण गरेको छ ।
बुधबार एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले संयुक्त रुपमा जिल्ला प्रहरी कार्यालय चितवनर र ट्राफिक कार्यालय चितवनलाई हस्तान्तरण गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनलाई गम बुट १ सय जोर, हेलमेट १ सय थान, टुचन १ थान, लाइफ ज्याकेट १० थान, स्टेचर १ थान, उड कटर १ थान र रोड डिभाइडर २ थान वितरण गरिएको जिन्सी शाखा प्रमुख झलक कुमार श्रेष्ठले जानकारी दिए।
यस्तै ट्राफिक कार्यालय चितवनलाई गम बुट ५० जोर, हेलमेट ५० थान, टुचन १ थान, लाइफ ज्याकेट १० थान, स्टेचर १ थान, उड कटर १ थान र रोड डिभाइडर २ थान हस्तान्तरण गरिएको श्रेष्ठले बताए ।
सम्बन्धित निकायहरूले विपद् व्यवस्थापनका सामग्री अत्यन्त जरुरी भएको भनि माग गरेपछि महानगरपालिको निर्णयपछि विपद् सामग्री वितरण गरिएको प्रमुख दाहालले जानकारी दिइन् ।
हस्तान्तरण गरिएका सामाग्री खोज तथा उद्दारका छन् । ७ लाख बराबरको समाग्री महानगरपालिकाले हस्तान्तरण गरेको बताइएको छ । यी सामग्रीको हस्तान्तरणले समुदायस्तरबाट पनि विपद् व्यवास्थापनमा सहयोग पुग्ने अपेक्षा महानगरको छ ।
प्रतिक्रिया दिनुहोस्