काठमाडाैँ । पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले हतार हतारामा बैंक तथा वित्तीय संस्था सम्बन्धि विधेयक (बाफिया) पास गर्दा सुखद् परिणाम नआउने बताएका छन् ।
बिहीवारको अर्थ समितिमा भएको बाफियासम्बन्धि विधेयकमाथिको छलफलमा भाग लिँदै उनले गम्भीरताका साथ अन्तर्राष्ट्रिय प्रचलनअनुसार कानूनहरू निर्माण गर्नुपर्ने र त्यसबाट मात्रै अर्थतन्त्र बलियो हुने बताएका हुन्। सांसद कार्कीकाअनुसार अर्थतन्त्र सुधारोन्मुख गराउन बाफिया विधेयकमाथि व्यापक रुपमा नयाँ ढंगले छलफल गरेर जानुपर्छ ।
उनकाअनुसार मुलुकको अर्थतन्त्र कृषिमा आधारित छ । चामललाई आत्मनिर्भर बनाउन कृषिमा कसरी लगानी गर्नसक्छौं त्यसबारे सोच्नुपर्छ । उनले ऋण लिन अहिले पनि जनतालाई सहजता नरहेको बताए । सांसद कार्कीकाअनुसार एक करोड तल ऋण लिन बैंकमा जनता जाँदा पाउन कठिन भइरहेको छ । धितोका नाममा धेरै दुःख दिने काम भइरहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्