बैंकर्स र उद्योगी तत्काल छुट्याउँदा अर्थतन्त्रमा ठूलो समस्या आउनसक्छः सांसद जबरा


काठमाडाैँ । नेपाली काँग्रेसका सांसद उदयसमशेर जबराले बैंकर्स र उद्योगी तत्कालै छुट्याउदा अर्थतन्त्रमा ठूलो समस्या आउने बताएका छन् ।

बिहीवार प्रतिनिधि सभाको अर्थसमितिमा बैंक तथा बाफिया विधेयकमाथिको छलफलमा उनले एउटै व्यक्ति बैंकर्स पनि हुनुपर्ने र व्यापारी पनि हुनु भनेको गुड गभर्नेन्सको सिद्धान्तले नमिल्ने बताएका हुन्। कतिपय व्यवहारिक पाटोलाई हेरिनुपर्ने उनकाे भनाइ छ ।

उनकाअनुसार बैंक र उद्योगी छुट्याउन जरुरी छ । सो सम्बन्धि व्यवस्थालाई अहिले दफामा राखेपनि लागू गरिहाल्नु हुँदैन । ऐन कार्यान्वयन भएको १५ वर्षपछि सोसम्बन्धि दफा लागू गर्नुपर्ने उनको तर्क छ । 

उनकाअनुसार त्यसो गर्दा स्वार्थको द्वन्द्व सिर्जना हुँदैन भने तत्काल बैंक तथा उद्योगीहरुलाई समस्या पर्दैन । अर्थतन्त्र अहिले संवेदनशिल अवस्थामा रहेको बताउँदै उहाँले हचुवाका अघि बढ्न नहुने उनले बताए ।