बिहीबार ९ अंकले बढ्यो नेप्से, कारोबार रकम ९ अर्ब रुपैयाँभन्दा बढी


काठमाडौं । साताको कारोबारको अन्तिम दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार सेयर मापक सूचक नेप्से परिसु्चक ९.१४ अंकले बढेर २७०३.९६ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ८ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ५ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

बिहीबार बुटवल पावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । बैंकको ३१ करोड ६८ लाख ८७ हजार रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज नेप्सेमा नेपाल फाइनान्सका लगानीकर्ताहरुले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

कुल ३११ कम्पनीको २ करोड ४९ लाख ७६ हजार ३६६ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ६४ ५५ लाख ५० हजार रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।