साउन ६ गतेदेखि हकप्रद सेयर निष्काशन गर्दै नेपाल इन्स्योरेन्स


काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी साउन ६ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ।

कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार रुपैयाँबराबरको १०ः३.४७८ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले गत जेठ ७ गते हकप्रद सेयर निष्काशनको लागि स्वीकृती प्रदान गरेको थियो ।

कम्पनीले .१०० रुपैयाँ अंकित दरका ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्न लागेको हो ।

यो हकप्रदमा लगानीकर्ताले एनआइएमबी एस क्यपिटलको लाजिम्पाट कार्यालय तथा पोखरा,विरगञ्ज, बुटवल र विराटनगर शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यस्तै सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ।

यो हकप्रदमा आवेदन दिने अन्तिम मिति साउन २६ गते रहेको छ । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईएमबी एस क्यापिटल रहेको छ।

हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कम्पनीले गत जेठ ३० गते बुक क्लोज गरेको थियो। यसर्थ जेठ २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै यो हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन्।